Fri. Jan 24th, 2025

मङ्सिर २० तुल्सिपुर ,दाङ ।

तुल्सिपुर उपमहानगरपालिका वडा नं ७ स्थित अजम्बरी कृषि सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिपक वली सभापति रहेकोे उक्त कार्यक्रममा प्रमुख अतिथिमा तुल्सिपुर उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष बिरेन्द्र शाह रहनु भएको थियो। यस्तै विशिष्ट अतिथिमा वडा न. ५ कि महिला सदस्य साबित्रा गुरुङ र बेद प्रसाद वलि रहनु भएको थियो ।

संस्थाकि लेखापाल कमला वली गौतमको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष दिपक वलीले बार्सिक प्रगती तथा लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । वार्षिक साधारणसभाको अबसरमा संस्थाले तुल्सिपुर १७ बगौसीका अनाथ बालक बिजय विकलाई संस्थाको तर्फ बाट छात्रवृत्ती स्वरुप दुई हजार रुपैया प्रदान गरिएको थियो। संस्थामा खाली रहेको पदपुर्ती गर्ने प्रस्तावमा शंकर बिष्टलाई ऋण उपसमितीको सदस्य र लेखा समितीको सदस्यमा मख्खन चौधरीलाई मनोनयन गर्ने निर्णय सर्बसहमतीबाट पारित भएको छ। त्यसै सल्लाहकार समितिमा साबित्रा गुरुङ्ग,मिनराज वली, ओमलाल बुढाथोकी,बेदप्रसाद वली र इन्द्रादेवी शर्मा लाई चयन गर्ने निर्णय भएको छ।

कार्यक्रममा प्रमुख अतिथी बिरेन्द्र शाह, विशिष्ट अतिथी साबित्रा गुरुङ्ग , मिनराज वली, बेदप्रसाद वली, शंकर बिष्ट , शैलेन्द्र वली र ओमलाल बुढाथोकी लगायतका वक्ताहरुले संस्थाको प्रगतीको कामना गर्दै शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष दिपक वलिले आगामी योजना तथा कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियोे । कार्यक्रमको सहजीकरण संस्थाका ब्यबस्थापक ललित केसिले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *