अदभुत सम्भावना हुँदा हुँदै पनि राज्यले ब्याबस्था गर्न नसकेको कर्णाली

अदभुत सम्भावना हुँदा हुँदै पनि राज्यले ब्याबस्था गर्न नसकेको कर्णाली ।

जति लामो कर्णाली नदी छ त्येती धेरै लामो र शृङ्खलाबद्ध कर्णालीको वास्तविक ईतिहास छ भन्नुहुन्छ ‘नेपाल भित्रको कर्णालीका लेखक ‘ आदरणीय क.नगिन्द्र शाही(नेशनल)
करिव ६५० वर्ष अघी बिशाल र शक्तिशाली राज्यको रूपमा चिनिएको जुम्ला राज्य आर्थिक हिसावले पनि सम्पन्न र ब्याबस्थित भएको पाईन्छ ।
वि.स. १४०९ साल देखि जुम्ला राज्य बिभिन्न ब्याक्तिका मोहका कारण फरक-फरक राज्यमा विभाजित भइ पछि आएर वाईसे-चौबीसे राज्यमा परिणत भएको ईतिहास छ ।
पछि मुगु,हुम्ला,जुम्ला,कालिकोट र डोल्पाका अठार दरामा फैलिएको भुभाग जुम्ला राज्यमा सिमित हुन् पुगेको देखिन्छ । जसलाई कर्णाली भन्ने गरेको पाइन्छ । उत्पादन क्षेत्रको हिसाबले बिभिन्न सिजन अनुसारको बाली धान,मकै,कोदो,जौ,फापर,कागुनू लगायत अन्य बालि प्रसस्त मात्रामा फल्ने गरेको पाहिन्छ मौसम अनुसारको फलफुलहरु पाहिन्छ्न। यहाँ रतोसिमी, मास,गहत , केराउ, मुला,चोतो र फर्सी लगायत अन्य थरी थरीका दाल तरकारी हुने गरेको ईतिहास छ जुन अहिले पनि तेतिकै मात्रामा पाईने गरेको देखिन्छ । समुन्द्र सतह देखि ३००० मि.को उचाइ मा पाहिने जुम्लाको मार्सी धान (चामल) जुन अरू धान भन्दा यसको महत्त्व छुट्टै छ स्वास्थ्यको लागि फाईदा जनक छ जस्को आधुनिक तरिकाले खेति गर्न सकिए कर्णाली होइन नेपाल लगायत बिश्व बजारमा नेपालको नाम रोसन गर्न सकिन्थ्यो होला ।
प्रसस्त मात्रामा घाँस र लेखका मनमोहन हरियाली पाटन र फाट भएकोले सबैभन्दा वढी भेडा,बाख्रा,गाई,भैंसी घोडा लगायत अन्य जनावर जति पाल्दा पनि फरक नपर्ने कर्णाली अञ्चल अरू राज्यको तुलनामा ठुलो भुभाग र जनसंख्याको आधारमा पनि सबै भन्दा बढी रहेको ईतिहास छ भुगोल र जनसंख्या अरू राज्यभन्दा वढी भएकोले पनि होला जुम्ला राज्यको सेना पनि बढी शक्तिशाली र धनी भएको देखिन्छ । त्यसैले जुम्ला राज्य एकदमै सहयोगी र उद्दार भावन भएको इतिहासकारहरूले बताउदै आएका छन ।
जब पृथ्वीनारायण शाहका माईला छोरा बहादुर शाहाले जुम्ला राज्यमाथि ठुलो गिद्दे नजर गाडे तब वि.स. १८४६ मा बडादशैंको समय पारेर #काजी_शिबनारायण_खत्री र #सर्दार_प्रवल_राना जिम्माका पल्टनले जुम्ला राज्यका उत्तरी भुभागलाई आक्रमण गर्दै पटक-पटक गरि जुम्ला राज्यलाई आफ्नो अधिनमा लिई पुरै राज्यलाई तहस नहस पारी त्यहाका वासिन्दालाई दासीको जिवन जिउन बाध्य बनाएको पाईन्छ । भएका सबै खर-खजाना आफ्नो नाममा र बाँकि रहेको सबै सम्पत्ति गोर्खाली सैनिकहरुलाई लिन भनी कर्णालीका जनतालाई गरिवी र भुखमरीमा पारेको देखिन्छ ।
त्येसै बेलाबाट हरेक सेवा र सुविधाबट पछाडी पारिएको कर्णाली पछि बहुदलीय ब्याबस्था आयो कुनै बेबस्था भएन, देशमा लोकतन्त्र गणतन्त्र आइसक्दा पनि कर्णालीलाई राज्यले सौतेनी ब्याबहार र उहि पुरानै बहादुर शाहाको नजरले हेरिरहृयो केही गर्न सकेन ।
नेपाल राज्यबाट लिने सेवा सुबिधा भन्दापनि कर्णालीमै रहेको अतुलनीय सम्पदाको सदुपयोग गर्दिए मात्रै पनि कर्णालीलाई मात्र नभई पुरै नेपाललाई धनी बनाउन सक्ने सम्पत्ति कर्णालीसंग छ । कर्णाली भन्ने बित्तिकै नेपालकै सबैभन्दा ठुलो कर्णालीनदी लगायतका अरु धेरै स-सानानदीहरू छन जसबाट हजारौ मेघावाट बिधुत उत्पादन गर्न सक्ने क्षमता छ जुन बिदेशी मुलुकमा बेची करोडौं सम्पत्ति भित्राउन सकिन्छ । कर्णालीका मनमोहक हरियाली पाटनहरू,स्वर्गको अप्सरा सरह चिनिएको मुगुको रारा ताल,डोल्पाको सेफोक्सुन्डो ताल,कालिकोटको पचालझरना ,त्रीबेणी पाटन ,पाण्डव गुफा,योगी नरहरीनाथको जन्मस्थान जुम्लाको मनसरोवर डोल्पाको चद्रनाथ त्रिपुरासुन्दरी,सुर्खेतको बुलबुलले ताल देउती बजै मन्दिर काक्रेबिहार सल्यान को कुपुन्डे दह लगायत कैयौं रमणीय स्थानहरु छन जस्लाइ सहि र आधुनिक तरहले ब्याबस्थित बनाई बिदेशी मुलुकभरका पर्यटकहरूलाई सहजरूपमा जाने रोड वनाय बार्षिक करोडौं सम्पत्ति नेपाल भित्राउन सकिन्थ्यो । राज्यले आधुनिक तरिकाको कृषि ब्यवसाय, बैज्ञानिक तवरको खेतिपाती, समय अनुकूल र बाली अनुसारको मलको उध्योग खोल्न सकेको भए कर्णालीका हजारौ युवा एक सरो कपडाको लागि विदेशीन बाध्य र भारतको गल्ली गल्ली मा धाउनु पर्ने अबस्था आउँने थिएन् होल । नेपाली खस आर्य भाषाको उदगम स्थल जुम्ला (हालको सिजा) राज्यको अबस्थाका कारणले नै बिस्व सम्पदा सुचिमा अटाउन सकेको छैन । जडिबुटीको हिसाबले कर्णालीको डोल्पा,हुम्ला र मुगु काअधिकाङ्श पाटनहरूमा पाइने विश्वकै एकदमै बहुमूल्य जडिबुटी यार्चागुम्बालाई बैज्ञानिक तवरको सुत्राअत्मक तरिकाले पाटनहरूमा खेति गर्न सके विश्वकै धनी राष्ट्रको रूपमा चिनिने अवसर हुन्थ्यो होला ।त्यस्तैं अन्य बिभिन्न प्रकारका बहुमूल्य जडिबुटी पाँचऔल्य,जटामसी,पाखनवेद,पदमलाल,लसुन, तितोकटुको, बायाजडी, गदाल्नु , सेतो चिनी,सुगन्धवाल, टिमुर,निरमसी लगायतका हजारौं प्रजातिका जडिबुटी संकलन गरि बिभिन्न रोग अनुसारको औषधी आफनै देशमा बनाउन सके करोडौं धनराशी भित्राउन सकिन्थ्यो । ठुला बोटबिरुवाहरूमा देयारको काठ (टेकाउको हिसाबले) कुनै फलाम भन्दा कमसल हुँदैन जसबाट निस्कने तेल जुनकी बिभिन्न रोगको औषधी हुने गरेको पाइन्छ त्येस्तै सल्लो, साल ,धुपी, लालीगुराँस, चिमाली लगायत पहाडी र हिमाली भेगमा बिभिन्न जातका रूख बोटबिरुवा छन जस्को फाईदा लिन सकिएको छैन । कर्णालीमा ठुला ठुला पाटन र घना जंगलहरू छन जहा जंगली र घर पालुवा जनावर बस्ने एकदमै अनुकुल वातावरण छ । बाघ,भालु,हिउ चितुवा,घोरल,मृग लगायत कैयौं जातका जंगली जनावरको संरक्षण र भेडा बाख्रा च्यांग्रा लगायत अन्य मासु उत्पादन हजारौ संङ्ख्यामा पाल्न सके नेपाल भन्दा बिदेशी मुलुकमा मासु जन्य जनावरबाट लाखौं कमाउन सकिन्थ्यो । मौरीको लागि एकदमै उत्तम ठाउ कर्णाली जसलाई आधुनिक तरिकाले मौरी ब्यवसाय गर्न सकिएको छैन । गाई भैंसी र चौरीको दुधबाट बन्ने बिभिन्न परिकार बजारीकरण गर्न सकिएको छैन । फलफुलहरूमा कर्णालीको अर्गानिक स्याउ,नास्पती ओखर,आरू,मेवा लगायतका बिभिन्न जातका फलफुलहरुको बजारीकरण नहुदा रूखमै सडने र कुहिने गरेको पाइन्छ जस्को