Sat. Dec 14th, 2024

अनेरास्ववियु को घोषणा पत्र

त्रिभुवन विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुसार आगामी २०७९ साल चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मतदान गरि अत्याधिक बहुमतले विजयी गराउन हामी आम विद्यार्थीहरुमा हार्दिक अपिल गर्दछौ
१.धर्म बहादुर शाही :अध्यक्ष
२.मान ऐडी :सचिव
३.हजुरा कु देबकोटा :कोषा अध्यक्ष
४.गोमा कुमारी बुढा :सदस्य
५. संगीता संज्याल :सदस्य
६ गिता श्रेष्ठ :सदस्य
७.भक्त भट्टराई :सदस्य
८.हजुरा सार्की :सदस्य

✍️घोषणा पत्र
पुस्तकालयको राम्रो व्यवस्था गर्ने क्याम्पस प्रशासन, बाह्य निकायहरुसँग सहकार्य गरी व्यवस्थित पुस्तकालयको व्यवस्था गर्ने , ई—लाइब्रेरीको व्यवस्थापनका लागि क्याम्पस प्रशासन तथा व्यवस्थापन समक्ष माग गर्ने अन्यत्र सहयोगी संस्थाको खोजी गरी व्यवस्थापन गर्ने

क्याम्पसमा कम्पाउण्ड निर्माण गर्ने माग गरी क्याम्पस हातालाई सुरक्षित बनाउन पहल गर्ने ।

क्याम्पस हाताभित्र अभिभावकहरुसँग नियमित अन्र्तक्रियाको आयोजना गरी क्याम्पसको स्तररोन्नति तथा गुणस्तर अभिवृद्धिका लागि पहल गर्ने

क्याम्पस हाताभित्र स्ववियुको आफ्नै कार्यालय स्थापना गरी विद्यार्थीहरुको समस्या समाधानका लागि हेल्प डेक्सको स्थापना गर्ने ।

गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि ५०% छात्रवृत्ति अनिवार्य गराउन पहल गर्ने,

बि. एड र बि .बि एस संकायको मात्रै पठनपाठन हुँदा विद्यार्थीहरुले अन्य संकायको अध्ययन गर्न नपाइरहेको सन्दर्भमा संकाय थपको व्यवस्था गर्न माग गर्ने

हाम्रो तर्फबाट जनचेतना बहुमुखी क्याम्पसलाई हाम्रो क्याम्पस, राम्रो क्याम्पस बनाउनमा केन्द्रित भएको घोषणा पत्रमा उल्लेख गरेको छ । विद्यार्थीहरुको हकहितको पक्षमा आफ्नो कार्यकाललाई केन्द्रीत गर्ने जनाउँदै क्याम्पसमा विद्यमान समस्याहरुको समाधानका लागि क्याम्पस प्रशासन तथा व्यवस्थापनसँग सहकार्य गर्ने वा स्ववियु स्वयंले पूर्णता गर्न प्रतिवद्धता समेत घोषणापत्र मार्फत व्यक्त गर्दछौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *