Fri. Oct 4th, 2024

भाद्र २१ तुलसीपुर दिपक वलि

तुलसीपुर सयपत्रि दोहोरि घरबाट चलाएको रुकुम खारा घर भई हाल तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्वर्गद्वारी टोल मा बसोबास गर्दै आउनुभएकी वर्ष ३५ कि कमला ओली केही वर्ष अगाडि बाट मुटु र फोक्सोदको समस्या भई बिरामी परेर थला परिरहेको अवस्थामा यतिबेला सयपत्री दोहोरी घरका सल्लाहकार ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा अहिले काठमाडौँको वीर हस्पिटलमा उपचार भइरहेको छ।

उहाँको आर्थिक अवस्था निकै कमजोर भएको र उहाँको श्रीमानले पनि २२ वर्षकै उमेरमा उनलाई छोडेर संसार त्यागेका छन् उनको साथमा ११ वर्षको एक छोरा मात्र रहेको र उपचार गर्दागर्दै भएको जग्गा पनि सकिएको हुँदा अहिले उनको पाँच छ लाख ऋण पुगिसकेको छ।

उनीलाई योभन्दा पहिले दुई वर्ष अगाडि सयपत्री दोहोरी घरका सञ्चालक दीपक ओली र ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा करिब २ लाख बराबरको सहयोग रकमले उपचार भइरहेको थियो। फेरि उहाँलाई रोगले च्यापिसकेपछि तुल्सीपुरको राप्ती प्रादेशिक हस्पिटलमा उपचार गराई चेक जाँच गराउँदा त्यहाँ सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको थियोे ।

अहिले उहाँको उपचार काठमाडौँको वीर हस्पिटलमा भइरहेको छ उहाँले भन्नुभयो म बाँच्न चाहन्छु मेरो घरमा सानो छोरा छ मलाई बचाउनुस्। मेरो श्रीमानले त छोडेर गइसक्नुभयो अहिले यही बच्चाको मुख हेरेर बसिरहेको छु। यदि मलाई केही भयो भने बच्चाले के गर्ला भनेर गहभरी आँसु झार्दै सहयोगको अपिल गर्नुभएको छ

त्यसैगरी ।कमला ओली बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने वाइसीएल नेपालका केन्द्रीय सदस्य दाङ जिल्ला इन्चार्ज नेकपा माओवादी केन्द्रका नगर कमिटीका उपाध्यक्ष अमर नेपाली (माइकल) गुर्ताल ले आफ्नो जन्मदिनको अवसर पारेर फजुल खर्च नगरेर आफूले यस्ता गरिब दुःखीलाई हेर्नुपर्छ भन्ने उद्देश्यका साथ कमला वलि बचाउ अभियानलाई उपचार खर्च बापत रु १५५५ (एक हजार पाच सय पच्पन्न सहयोग गर्नु भएको छ। उहाँलाई जन्मदिनको लाखौं लाख शुभकामना सहित विशेष धन्यवाद दिन चाहन्छु।

यदि तपाईहरू पनि सहयोग गर्नु चाहनुहुन्छ ,भने तलको सम्पर्क नम्बर अथवा खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
दिपक वलि खाता नं : २५६०१००६७०७३६६०००००१नेपाल बैंक लिमिटेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *