
१६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै अहिले उनीहरु निवासमै क्वारेन्टिनमा छन् ।
दुवैको स्वास्थ्यमा अहिलेसम्म कुनै पनि खराबी नदेखिएको ट्रम्पका चिकित्सकको भनाइ छ । जोखिमको आधारमा भन्ने हो भने ट्रम्प कोरोनाको उच्च जोखिम भएको उमेर समूहमा पर्छन् । उनी ७४ वर्षका छन् ।
ट्रम्पलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै अमेरिकी राष्ट्रपति निर्वाचनअघि हुन गइरहेको दोस्रो प्रत्यक्ष बहसमा केही असर पर्छ कि भन्ने आशंका उत्पन्न भएको छ । अक्टोबर १५ मा राष्ट्रपतिका उम्मेदवारहरुको बीचमा दोस्रो प्रत्यक्ष बहस हुने तालिका छ ।