तुलसीपुर । आईएमवीथ कोमल वली र घनश्याम पाण्डे लेखिएका ब्यानर सहित युवाहरुले तुलसीपुर बजार परिक्रमा गरेका छन । युवाहरुको एक समुहले हातमा पम्पलेट लिएर आज विहान विरेन्द्र चोक हुदै मदन-आश्रित चोक पुगेका थिए । यस क्षेत्रको विकासको लागी प्रतिनिधि सभामा कोमल वली र प्रदेश सभामा घनश्याम पाण्डेको विकल्प नरहेको उनिहरुले बताएका थिए ।
युवाहरुलाई उद्यमशिलतामा लगाई रोजगारको ग्यारेन्टी यहि नेतृत्वबाट सम्भव भएकोले युवाहरु आईएमवीथ कोमल वली र घनश्याम पाण्डे भनेर बजार परिक्रमा गरेको युवा सञ्जालकि प्रेरना परियारले बताएकि थिईन । करीव ५० जना युवाहरुको सहभागीता थियो ।