Sun. Jan 19th, 2025

असोज६। आजदेखी नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ ।साविकको आकार, रंग र बाह्रसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याउन लागेको बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

विभागका अनुसार नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको हुनेछ ।यस्तै पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा Nepal Rastra Bank लेखिएको, मध्य भागमा बाह्रसिङ्गे चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा Rupees Twenty लेखिएको र सिरिज नम्बर अंग्रेजीमा 2020 A.D लेखिएको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *