Fri. Jul 11th, 2025

असोज१८। नेपालमा थप २,२५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार दिएको छ।तीमध्ये १,५९९ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ८६,००० नाघेको छ।

विगत २४ घण्टामा सात जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।यो सहित नेपालमा अहिलेसम्म ५३५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *