Sat. May 18th, 2024

जेष्ठ-११।

नेपालमा आज ८,६३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।विगत २४ घण्टामा २२,९३६ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको मङ्गलवार मन्त्रालयले प्रकाशित विवरणमा उल्लेख छ।

सो अवधिमा ६,४०४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालय जनाएको छ।नेपालमा विगत २४ घण्टामा परीक्षणबाट सङ्क्रमण पुष्टि हुने दर ३७.६ रहेको छ।यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २८ र मृतकको सङ्ख्या ६,७०० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *