
बैशाख १७। नेपालमा आज थप ५,७२७ जनाको सङ्क्रमण र ३३ जनाको मृत्यु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।यो दुवै सङ्ख्या नेपालमा हालसम्मकै दोस्रो सर्वाधिक सङ्ख्या हुन्।
सबैभन्दा बढी सङ्क्रमण गत वर्ष कार्तिक ५ गते भएको थियो जुन दिन शुक्रवारभन्दा १६ जना बढीमा सङ्क्रमण पुष्टि भएको थियो।सर्वाधिक मृत्यु भने बिहीवार भएको थियो जुन दिन कोभिडसम्बन्धी कारणबाट ३५ जनाको मृत्यु पुष्टि भएको थियो।
शुक्रवार १५,९१६ जनामा परीक्षण गर्दा झन्डै ३६ प्रतिशतमा सङ्क्रमण देखिएको हो।अहिले नेपालमा कुल सक्रिय सङ्क्रमित ३८,८१३ जना रहेका छन्।यो अवधिमा ९२८ जना निको भएका छन्।