जेष्ठ-५ कालिकोट ।ईश्वर बिसि
नरहरिनाथ गाउँपालिका–६ की स्थानीय भरु विकलाई उनका श्रीमान गन्जे विकले ८ घण्टाको पैदलबाटो पिठ्यूमा बोकेर मान्म कोभिड अस्पतालमा पुर्याएका छन् । दम रोगबाट ग्रसित भरुलाई अक्सिजनको अभाव देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो । नरहरिनाथ गाउँपालिकामा अक्सिजन सहितको स्वास्थ्य सेवा नभएपछि स्थानिय जनप्रतिनिधीले मान्म लैजाने सल्लाह दिएका थिए । सोहि अनुसार उपचारका लागि पिठ्यूमा बोकेर ८ घण्टाको पैद यात्रा तय गर्दै उनका श्रीमानले गएको सोमबार विहान करिव ९ बजेतिर घरबाट भरुलाई पिठ्यूमा बोकेर हिडेका थिए । उनी बेलुका ४ बजेतिर मात्र मान्म पुगे । अहिले निषेधाज्ञाका कारण यातायातका साधन संचालन नभएपछि आफ्नो श्रीमतिको उपचारका लागि गन्जेले भारी बोके जसरी पिठ्यूमा श्रीमतिलाई बोकेर मान्म पुर्याएका हुन् ।
मान्ममा रहेको कोभिड अस्पतालमा कोरोना परिक्षण गर्दा उनलाई पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डा. राजकमल कार्कीले बताए ।
कोरोना सन्क्रमितसङ्ग नछोइने भनिए पनि गन्ज बिकले भने आफ्नी श्रेमतीलाई पिठ्युँमा बोकेर मान्म पुर्याए । आखिर पिछडिएका क्षेत्रलाई कहिले सम्म पछि पार्ने ?दुखी गरिब लाई साधन नपाउँदा गाह्रो भयो भन्दै गन्ज बिकले आफ्नो दुखेसो पोखे।