Mon. Oct 14th, 2024

३असोज। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक आन्दोलन नगरि दिन आग्रह गर्नुभएको छ । प्राधिकरणमा फेर बदल एक निरन्तर प्रक्रिया रहेको र यसै विषयलाई लियर सडक आन्दोलन नगर्न कुलमानले आग्रह गर्नु भएको छ ।

आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको घिसिङको भनाइ छ  ।विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपाल पनि आक्रान्त भएको बेला आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखेर महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरि दिनुहुन सबैलाई घिसिङले अनुरोध गर्नुभएको छ। यो अबस्थामा मिलेर संक्रमण विरुद्ध एक हुन पनि सबैमा कुलमानले अनुरोध गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *