असाेज ११ उमा पाडेल ( रेखा )। ईलामकाे चुलाचुलीमा आज असाेज ११ बाट सबै बिद्यालयहरु सन्चालन हुने भएकाछन । काेराेनाकाे कारणले पछि परेकाे नयाँ शैक्षिक १७ सन्चालनका लागि सरकारले स्थानिय तहलाई निर्देशन दिए सगै चुलाचुलीले अाफ्नाे गाउपालिका भित्र रहेका सबै सामुदायिक तथा निजी बिद्यालयहरु सन्चालन गर्ने निर्णय गरेकाे हाे । जनप्रतिनिधि , अभिभावक , सामाजिक सुरक्षा समिति बाद्यालय तथा सराेकारवाला निकायसंगकाे छलफल पछि भाेलिबाट बिद्यालय सन्चालन गर्ने निर्णय गरिएकाे गाउपालिका शिक्षा साखाका अधिकृत राम प्रसाद मिश्रले जानकारी दिनु भएकाे हाे । गाउँ पालिकामा रहेका २१ वटा सामुदायिक र ६ वटा निजी बिद्यालय प्रतिनिधीका अनुसार अावश्यक सुरक्षा मापदण्ड अपनाएर बिद्यालय सन्चालन गर्ने तयारी गरिएकाे मिश्रले बताउनु भयाे । बालबालिका तर्फ कक्षा नर्सरी एल के जी र यु के जीलाई बिद्यालयमा समाबेस नगरि घरमै बैकल्पिक पठनपाठनकाे ब्यवस्था मिलाईएकाे र कक्षा १ देखि १२ सम्म भने जाेर बिजाेर प्रणालीबाट दुई सिफ्ट कक्षा सन्चालन गर्ने तयारी गरिएकाे साखा अधिकृत मिश्रले बताउनु भयाे । पहिलाे सिफ्ट बिहान १०:०० देखि १२: ४० सम्म र दाेस्राे सिफ्ट दिउसाे १:०० देखि अपह्रान्न ४:२० सम्म सन्चालन हुने मिश्रले जानकारी दिनु भएकाे हाे । बिद्यालय सन्चालन गर्दा अावस्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्री माक्स , सेनिटाईजर , साबुन , सिटामाेल तथा थर्मलगनहरु गाउपालिकाकाे तर्फबाट बिपत ब्यावस्थापन समितिले उपलब्ध गराउने समेत निर्णय गरिएकाे शिक्षा अभिकृत राम प्रसाद मिश्रले बताउनु भएकाे छ ।