जिन्दगी को यो भोगाइ मा हजारौं गल्ती छन् लाखौं तनाव छन् र दुख हरु पनि छन् अर्कोतिर काधमा घरको जिम्मेवारी थपिएको छ तर मेरो यो मुस्कान ले कहिले साथ छोडेन यसै मा खुसी छु जिन्दगी को भोगाइ ले धेरै कुरा को पाढ सिकाएर जान्छ धेरै सजिलो हुन्छ अरुलाइ सम्झाउन जब आफुलाइ पर्छ नी धेरै गारो हुँदोरहेछ आफुले आफुलाइ सम्झाउन खै कसरी लेखु जहाँ कुनै शब्द नै छैनन्
निःशब्द छन् जत्ति लेखे पनि जिन्दगी मा लेखिएको शब्दहरू म जस्तै भोलि बिलाएर जानेछन् जिन्दगी भनेकै घाम छाया जस्तै रहेछ जन्म पछिको मृत्यु त निस्चित नै हो तर पनि जिन्दगी मा पैसा जती नै कमाए पनी खल्ती रीतो नै रह्यो आखिर के रहेछ पैसा भन्ने चिज? साहिद मेरो भाग्य कोर्ने भावी ले छुट्टै कोरिदिएछ !
सोचे जस्तो कहाँ हुदो रहेछ र जीबन यहाँ रोजे जस्तो कस्को पाईन्छ र यहाँ झर्छन आँखा बाट आसु पनि,निरन्तर आसु पुछ्ने हात कस्को पाईन्छ र मन भित्रको पिडा बोकी हिंड्नु पर्ने रहेछ सन्तुष्त किन हुन सक्दैनाै हामी जीबन बाट, मलाई नै थाहा छैन के हो जिन्दगी
जिन्दगी जन्मेको दिन देखि सुरु भएयता पनि मृत्यु को कुनै निस्चित छैन कहिले पैसाको अभाव त कहिले परिवार को माया को अभाव र अर्कोतिर काधमा घरको जिम्मेवारी मेरो जिन्दगी भनेकै डुब्न लागेको घाम जस्तै हो भनेर सोच्छु खै कसरी भन्नु मेरा भोगाइ हरु हात छ खुट्टा छ तर जिउँदै लंगरो भएको महसुस हुन्छ ! पैसा भएन भने समाजको पनि हेला हुँदो रहेछ पैसा आखिर के रहेछ। खै कसरी भन्नु भाग्य लेख्ने विधताले मेरो जन्म देखि मृत्यु सम्म भाग्य त लेखेकै होला तर पनि भाग्य लेख्ने बिधताको मनमा पनि सायद मेरो जिन्दगी लेख्ने बेला पीडा र दुःख बाहेक अरु केही थिएन।
न रोजेको जस्तो हुन्छ जिन्दगिन खोजे जस्तो हुन्छ जिन्दगि यस्तै हुन्छ जिन्दगी सधै ,बस सोचेको भन्दा न सोचेको हुन्छ जिन्दगी।
✍️गोकुल देवकोटा
सान्नित्रिवेणि गा.पा ३, बिरुवा कालिकोट”
हाल बसाइँ तुलसिपुर दाङ,
sttudy : bachelor 1St (बि.एड)