Fri. Jun 21st, 2024

माघ २ राेल्पा – राेल्पामा एक शिक्षक मृत अवस्थामा फेला परेका छन।
सुनछहरी गाउँपालिका वडा नं ४ फुलवारी टोल स्थित श्री सिद्ध प्राथामिक विद्यालयमा कार्यरत २८ वर्षीय धन बहादुर विक शनिवार साझ आफ्नै घरको उपल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी स्युरीका हवल्दार बेगम नेपालीले दिए ।
घटना के कारणले भयो भन्ने बारेमा एकिन जानकारी नभएको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोलि घटना स्थल तर्फ गैरहेको प्रहरी चौकी स्युरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *