Thu. Mar 27th, 2025

एमाले नगरकमिटी सदस्य घर्ती माओवादीमा प्रवेश

दाङ । नेकपा एमाले घाेराही नगरकमिटी सदस्य तुकमान घर्ती माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । घाेराही उपमहानगरपालिका – १९ सैघामा आयाेजित चुनावी सभाका क्रममा पार्टी प्रवेश गर्नुभएको हाे ।

घर्तीलाई प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवं माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा र प्रदेशसभा सदस्यका उम्मेदवार राजु खनालले संयुक्त रुपमा प्रवेश गराउनु भएको हाे ।
नेकपा एमाले गाउँका साेझा साझा जनतालाई ललाई फकाई गरि पार्टी प्रवेश गराउने काम गरेकाेले आफुलाई यस्तो कुरा चित्त नबुझी माओवादी केन्द्रमा प्रवेश गरेकाे बताउनु भयाे ।
नेकपा एमालेका नेता एंव प्रदेश २ (क) उम्मेदवार बलिभन्द् राणाले सैघाका गाउँमा बाेइलरको मासु र रक्सी लगेर भाेट माग्ने जाने गरेका कारण सम्पूर्ण युवा र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्नुभयाे । यसका साथै अबका दिन बलिभद् राणा गाउँ पसे उनलाई लखेट्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *