कर्णालीको बिकट जाजरकोट जिल्लाबाट बिधार्थी राजनीतिमा उदायका क.नारायण घर्ती ।
#जाजरकोट जिल्ला भेरी नगरपालिकाको सामान्य घर परिवारमा जन्मिनुभएका आदरणीय क.नारायण घर्ती बाल्यकाल देखि नै बिद्रोहको स्वभाव भएका कसैलाई पनि अन्याय र अत्याचार भएको सहनै नसक्ने,सानै उमेरदेखि हरेक काम र जिम्मेवारीको अगुवाइ गर्दै पढाईमा पनि त्येतिकै अब्बल हुदैं २०६३ साल काठमाडौंको शंकर देब क्याम्पसमा प्रबेश गर्नु भएको थियो । नेपाली काग्रेस निकट नेबिसंघको एकदमै दादा गिरी र दवदबाहव भएको शंकरदेव क्याम्पसमा आफ्नो पढाईलाई निरन्तरता दिदै अनेरास्ववियुको शंकरदेव क्याम्पस कमिटीको नेत्रित्व सम्हाल्नु भयो । नेत्रित्वमा बसिरहँदा उहाँले बिधार्थी आन्दोलनका क्रममा अगुवाइ गर्दागर्दै कैयौं चोट पटक र यातना सहनु परेको ईतिहास छ । एकदमै सरल र हक्की स्वभाव भएका हरेक बिधार्थीहरूको समस्यालाई आफ्नै समस्या ठानी काम गर्दै धेरै बिधार्थी साथीहरूको मन जित्दै २०६५ सालमा भएको स्ववियु निर्वाचन जिताउदै शंकरदेव क्याम्पसमा अनेरास्ववियुको झण्डा गार्न उहाको एकदमै ठुलो भुमिका रहयो । त्यस्तैं २०६४|६५ सालमै युथ फोर्स उपत्यकाको कमाण्डर रहेर धेरै सडक आन्दोलनको अगुवाइ गर्दै कैयौं पटक् पुलिसको लठ्ठी र बन्दुकको कुन्जाले सशक्त घाईते हुनुभएको लामो ईतिहास छ । देशलाई परिबर्तन गर्न बिधार्थी आन्दोलनबाटै सम्भाव छ भन्ने सोचका साथ देश परिबर्तन गर्न,देशको शिक्षा क्षेत्रलाई अग्रपंक्तिमा पुराउने हुटहुटी बोकेका आदरणीय क.नारायण घर्तीलाई पुलिसको लठ्ठी र अश्रुग्यासको कुनै प्रभाव रहेन ।
आदरणीय क.बिनोद श्रेष्ठको कार्यकालको समयमा मदन भण्डारी स्पोर्टस् एकेडेमीको केन्द्रीय कमिटी र बिधार्थीको उपत्याका हेर्ने जिम्मेवारीमा रहँदा बिधार्थीका हक हित र अधिकारको आवाज उठाउदै गर्दा कैयौं पटक बिपक्षी साथिहरुको घेरा बन्दी र पुलिसका लठ्ठीका यातना भोग्नु भएको छ । जिम्मेवारी सम्हाल्नै क्रममा अनेरास्ववियुको २०औ र २१औ जनकपुर/काठमाडौं महाधिवेशन केन्द्रीय सदस्यमा दोहोरीदै बिधार्थीको अधिकार,भ्रष्टाचार,महङ्गी र बिधार्थी सोषणकाबिरूद्ध, आफ्नो आवाज बुलन्द पार्दै आउनु भयो ।
उहाँको लगातार संघर्ष, बिधार्थीहरूको नेत्रित्व गर्न सक्ने क्षमता र एक निडर खम्बाको रूपमा आन्दोलनलाई अगुवाइ गरेको देखेर संगठन र पार्टीले अनेरास्ववियुकी अध्यक्ष रहनुभएकी आदरणीय क. नविना लामाको कार्यकालमा आदरणीय क. नारायण घर्तीले सचिवालय सदस्य र उपत्यका ईन्चार्जको रूपमा जिम्मेवारी लिनु भई धेरै राम्रा काम गरेको पाइन्छ । जब माधबकुमार नेपालले नेकपा एमाले पार्टी फोरेर जादा सिङ्गो देश उथलपुथल भएको बेला पार्टी र संगठन जोगाउन ठुलो संघर्ष र अहम् भुमिका निभाउदै एमाले पार्टी जाजरकोटको सह-संयोजकको भुमिकामा रहेर काम गरि पार्टी फुट हुनबाट बचाउन ठुलो भुमिका खेल्नु भएको थियो । त्यस्तैं २०७४ सालको चुनावमा महागठबन्धन भएको बेला सिङ्गो कर्णालीका धेरै नगरपालिका र गाँउपालिका जिताउनका साथै जाजरकोटका हकमा सातवटा स्थानीय तह मध्ये ३(तिन)वटा पालिका जिताउन सफल हुदैं पर्देश र प्रतिनिधि सभाको चुनावमा पार्टीलाई एकताबद्ध जिताउन र पहिलो बनाउन एकदमै महत्वपूर्ण भुमिका खेल्दै आउँनु भएको छ । जब फेरि नेकपा पार्टी बिभाजित भई पुरानो स्थितिमा पुगेको बेला पनि संगठन जोगाउन अहोरात्र खटिदै महत्वपूर्ण बिभिन्न जिम्मेवारीको भुमिका निर्वाह गर्दै संगठनलाई चलायमान बनाउदै गर्दा पार्टी र संगठनले भरपुर बिस्वास गरि हाल महान तथा गौरवशाली संगठन अनेरास्ववियुको केन्द्रीय उप-महासचिव तथा संगठन बिभाग प्रमुखको एकदमै ठुलो जिम्मेवारी सम्हालीरहनु भएको छ ।
यसरी बिधार्थी राजनीतिकमा संगठन र पार्टी जोगाउन दिन रात नभनी खटिदै आफ्नो अध्ययन र शैक्षिक क्षेत्रलाई पनि त्यत्तिकै अगाडि बढाउदै लानु भएको छ ।
शंकरदेव क्याम्पसबाट स्नातक पास गरी देशकै सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालयबाट MBS/LLB पास गर्दै Mphil/PHD Schoolar in conflict,piece and development को फाईनल बर्षमा हुनुहुन्छ ।
हरेक क्षेत्रमा एकदमै अब्बल र लामो अनुभवका साथ् बिधार्थी साथीहरूका एकदमै प्रिय पात्रको रूपमा चिनिनु भएका आदरणीय क.नारायण घर्ती कैयौं नेपाली जनताको सेवा गर्दै २०७२ सलाको भुकम्प पछि होस या नेपालभारतको नाका बन्धिको समयमा होस् चाहे बाडिपहिरोको समयमा होस्,चाहे सिमानाको रक्षाको समयमा होस् हरेक ठाउँमा आफ्नो ज्यानको कुनै प्रभाव नगरि समर्पित हुदैं आउनु भएका चम्किलो तरा । असाहय,निमुखा,गरिव,बिधार्थी बालबालिकाहरूको आवाज बनि एकदमै अब्बल,सक्षम, देशैभरीका बिधार्थीसाथीहरूको एक कुसुम लिडरको रूपमा स्थापित भएका आदरणीय क.नारायण घर्ती देशैभरीका बिधार्थी साथीहरूको ईक्षा र आकाङ्क्षा अनुसारक हाम्रो महान तथा गौरवशाली संगठनको सम्पूर्ण बिधार्थीसाथीहरूको आवाज बुलन्द पार्न अबको २३औ राष्ट्रिय महाधिवेशनको महासचिवको उम्मेदवारको रूपमा अघि सरेको हुनाले सम्पूर्ण महाधिवेशनमा पाल्नुहुने बिधार्थी साथीहरूलाई आफ्नो अमूल्य मत दिई क.नारायण घर्तीलाई बिजयी गराउन हार्दिक अनुरोध गर्दछौं
लेख-:दान बहादुर धामी(DB)
अनेरास्ववियु त्रिवि जिल्ला कमिटी सह-सचिव