Mon. Dec 2nd, 2024

बैशाख २५, साहित्य कविता ।लेख्नै सकिन ।
कालो बादल फाटेर उज्यालो आकाशको पर्खाइमा बसेको म।
आफ्ना दु:खलाई थाती राखी महामारीको लडाइँमा उठेको म।
म थकित हुन्छु ।
म भित्र भित्रै रुन्छु।
तिम्रा पापकर्म मनमनै गन्छु।
सरकार जब तिमी बिरामी बोक्ने हेलिकप्टरमा उम्मेदवार बोक्दै हिड्छौ।
सरकार जब तिमि अक्सिजन जोहो गर्ने बेलामा बेसार-पानी जोहो गर भन्छौ।
यहाँ रोगकै परिक्षण गर्न नपाइ ।
अक्सिजन जोड्नै नपाइ ।
अस्पताल भित्र छिर्नै नपाइ जनता मरिरहदा।
त्यहाँ तपाईं सत्तालम्पटको मस्त निद्रा सुतिरहदा।
म समृद्ध नेपालको सुखी नेपाली हु भनेर लेख्नै सकिन ।।।

फुटाउन भन्दा जुटाउनमा लाग तिमि ।
फैसला भन्दा हौसला देउ तिमि ।
याद गर यहाँ अक्सिजन जुटाउनु पर्ने बेलामा ।
तिमि सामाजिक संजालमा उत्सवका पोस्ट जुटाउन बेस्त छौ।
याद गर आफन्तिको मलामि जान नपाएको म।
तिम्रो जन्तीको फोटो मुनि मेरा पिडा लेख्नै सकिन ।।।

अब
तिम्रो ब्यक्तिबाद बन्द गरी ।
मानवताबाद मनमा भरि ।
आउ तिमि-हामि अघि हिँडौ ,
दुखसङ्ग लडाइँ गरि ।
सधैभरि यसैगरी ।।।

गोपाल गिरी , तुल्सिपुर-८ दाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *