Mon. Oct 14th, 2024

काठमाडौं, १२ भदौ । युवराज बस्याल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि केन्द्रमा एक हजार शैया थप गरेको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै सरकारले अस्पतालमा बेड संख्या बढाएको बताउनुभएको हो ।

प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ शैय्या थप गरिएको छ । यस्तै, अस्पताल नभएका ६ सय ४९ स्थानीय पालिकामा ५ शैयाको अस्पतालको दरले ३ हजार २ सय ४५ शैय्या थप गरेको उहाँको भनाइ छ ।

त्यसैगरी, सरकारले थप ३ निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सुचीकृत गरेको छ । यस्तै, वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *