Fri. Jul 19th, 2024

मङ्सिर १८।

बिमा कम्पनीद्वारा कोरोना बिमा भुक्तानी नभएको जनगुनासो बढे पछि फेरि अर्थमन्त्रालयले रकम भुक्तानी गर्न कम्पनीहरुलाइ निर्देशन दिएको छ। कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ ।अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।

हाल कुन-कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के-के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *