Fri. Mar 28th, 2025

बैशाख२५।

नेपालमा आज ३,३७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।यस्तै थप ८,४१८ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

हालैका दिनहरूमा सङ्क्रमण घटेको यो पहिलो पटक हो। शुक्रवार ९,१९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।मन्त्रालयका अनुसार सो अवधिमा थप ५३ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ। हालसम्म कुल ३,६३२ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *