Sun. Jun 16th, 2024

दाङ १७/ गोकुल देवकोटा तुल्सिपुर उपमाहानगरपालिका ५, प्रगतिशिल टोल दाङ मा एक बिरामि आमा ५० वर्षकि पार्वती विश्वकर्मा विगत झन्डै ६ महिना देखि थला पर्नु भएकि आमा अहिले निकै कठिन अवस्थामा हुनुहुन्छ ।

उहालाई अहिले स्तन मा धेरै समस्या रहेछ। स्तन पोल्ने दुख्ने सुनिने जस्ता समस्या उहालाई भैरहेको छ।उहालाई औषधि किन्न समेत कठिन भएको छ ।पिडित बिरामि आमाको पहिले को श्रिमान बाट एउटा छोरा हुनुहुन्थ्यो। अहिले फोन सम्पर्कमा हुनुहुन्न, अनि पिडित बिरामि आमा ले दोस्रो विवाह गरिसके पछि दोस्रो श्रिमान बाट अहिले छाेरा न छाेरि कोहिपनि हुनुहुन्न,।

विरामि पिडित आमा अहिले कोठा भाडामा बस्दै आउनु भएको रहेछ। उहालाई अहिले कोठा भाडा तिर्न र छाक टार्न धाै,धाै भएको हुदा पत्रकार तथा समाजसेवी दिपक वलि र सयपत्रि दोहोरी घर बाट सञ्चालित अभियान बाट उहालाई थोरै भयपनि रू ४०००(चार हजार) सहयोग गर्नु भएको छ। क्यान्सर पिडित आमाको अबस्था निकै नाजुग छ। बिरामि पिडित आमाले भन्नू भयो बुढालाई कतै कमाउन पठाउभने बूढो भईहाल्नु भो सक्नु हुन्न। अहिलेसम्म हामी चन्दा उठाएर अहिले सम्म औषधि किनेर खाने गरेकि छु।

पिडित आमाले बताउनु भयो कि पहिलाको श्रिमान बाट छाेरा थियो ,छोरा अहिले १२ बर्ष देखि भारतामा बेपत्ता भएको छ। छोरा अहिले जिउदो छ कि मरिसक्यो हामी संग फोन सम्पर्क नै छैन, उहा जानकारी दिनुभयो। अहिले सम्म पनि कुनै फ‍ोन सम्पर्क मा हुनुहुन्न।

सेवा नै धर्म हो,यदि कसैले सहयोग गर्ने मनसाय सहयोगि हात हरू हुनुहुन्छ, अथवा सहयोग गर्न चाहानु हुन्छ भने,
सम्पर्क नम्वर :
दिपक वलि :९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
खाता नं:०६५८७५०६५१२०७००१ NIC ASIA BANk. Dipak Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *