Fri. Oct 4th, 2024

ईश्वर वि सी,श्रावन ८
दियालो अनलाइन डट कम परिवार कालिकोट पुगेर खाद्यान्न सामग्रीहरू बितरण गरेकाे छ। सान्नी त्रिबेनि गाउपालिका वडा न.२ रकु पुगि राहात बितरण गरिएको छ । करिब २ लाख बराबरको राहत स्वरूप खाद्यान्न सामाग्री चामल,दाल,स्वयाविन,र लत्ताकपडा समेत गरिब,दुखी,अशक्त र असहाय व्यक्तिहरूलाई कालिकोटमा ७७ घरधुरी परिवार र सुर्खेतमा ५ घर धुरि परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

राहात वितरण एक औपचारिक कार्यक्रम कासाथ सम्पन्न भएको थियो ।वडा सदस्य गोबिन्द बि सी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सभाअध्यक्षमा भुपु प्रधान पन्च सतलसिंह बुढा,प्रमुख अतिथि दियालो अनलाइन डट कमका प्रधान सम्पादक प्रकाशक दिपक ओली रहनुभएको थियो भने कार्यक्रम को सहजिकरण सुरेन्द्र बिसिले गर्नु भएको थियो । उक्त कार्यक्रममा पत्रकार ईश्वर वि सी ले मन्तव्य राख्नुभएको थियो । अतिथिहरूमा अनिल हिताङ, कृष्ण खत्री ध्रुव जंग वली दलित महिला सदस्य मेघा दर्जी उपस्थित रहनुभएकाे थियो । कार्यक्रममा करिब २५० जना व्यक्तित्वहरूकाे सहभागीता रहेको थियो ।

दाङ्ग र सल्यानका सहयोगी मनहरु बाट सहयोग गरिएको सहयोग बाट आएको राहात दियालो अनलाईन डट कमको फुट बैंकमा जम्मा भएको थियो। संकलन भएको राहात जस्ताको तस्तै जन्ताको माझ पुर्याउने उद्देश्यका साथ सम्पुर्ण टिम कालिकोट पुगेको थियो। कालिकोटका बरिष्ट रिपोटर ईश्वर बिसिको पहलमा पुगेको टिमले अहिले छुटेका अहिले नपाएका जन्तालाई फेरि पनि लिएर आउने दियालो अनलाई डट कम का प्रधान सम्पादक प्रकाशक दिपक ओलिले प्रतिबद्धता दिनु भएको छ ।

यस अघि आफुहरुले विगतमा दाङ तुलसीपुर क्षेत्रका अति विपन्न घरपरिवारलाई राहात वितरण गरेको जानकारी दिदै उहाले यहाका अति विपन्न घरपरिवार समस्यामा परेको भन्ने सुनेर त्यति टाढा दाङबाट कालिकोट राहात लिएर पुगेको उहाले बताउनुभयो ।साथै अभियान्ता दिपक वली र पत्रकार ईश्वर बिसीलाई एक कार्यक्रमका बिच स्थानीयहरूले भव्य स्वागत गरेका थिए।
यस्तो विकट ठाउँमा त्यो पनि बर्षातकाे समयमा अाएर हामी जस्ता गरिब दुखीकाे घरमा खुसी बहार ल्याईदिएकाेमा सहयोगी दाता र सामाजिक अभियानता दिपक वली प्रति स्थानीयले अाभार गरेका थिए ।
मेरो घरमै अाएर खाने अनाज वितरण गर्ने काम गरेर मेरो घर परिवार हाँसिलाे भएको छ एक वृद्ध अामाले दियालो अनलाइन डट कम टिम सँग खुसी व्यक्त गर्नुभयो ।

चाडपर्व र पाहुनाहरू अाउदा सत्कारका निम्ति भात खुवाउन सजिलो भयो अब याे एक बाेरा चामलले मेरो घरको समस्या एक बर्ष टर्ने भयाे भन्दै दिपक वली संग खुसीका अासु झार्दै यस्तो महान काम गरेकोमा म अत्यन्तै खुसी छु एक जना दर्जी समुदायका घर मुलीले बताउनुभयो ।

सहयोगी दाताहरूको सहयोगमा दिनदुखीकाे घरमा अागाे बलेको छ । अाज ति असहाय व्यक्तिहरू कति खुसी हुनुहुन्छ हाेला ।उहाँहरू सम्मानित व्यक्ति हुनुहुन्छ ।
दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *