जगत पुन २१भदौ।मानव बेचबिखन तथा ओसारप्रसारविरुद्धको चौथो राष्ट्रिय दिवसका अवसरमा रोल्पाको त्रिवेणी गाउँपालिकाले आयोजना गरेको खुला निबन्ध लेखन प्रतियोगितामा गंगादेव गाउँपालिका ६ का अमृतबहादुर ओली प्रथम हुनुभएको छ । यस्तै त्रिवेणी ४ का महेन्द्रप्रकाश घर्ती द्धितीय, त्रिवेणी ५ का प्रभा केसी तृतीय र त्रिवेणी ६ का सदीक्षा ओलीले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।
मानव बेचबिखन तथा ओसारप्रसारविरुद्ध युवाहरुको भूमिका बिषय निबन्ध लेखन प्रतियोगितमा गरिएको हो ।बिजयी प्रतियोगीहरुलाई नगद पुरस्कार र प्रमाणपात्रको ब्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।