
बैशाख १९, तुल्सिपुर-दाङ। लकडाउनको समयमा किसानहरुले उतपादन गरेको तरकारी बिक्री गर्न नपाउदा खेतमै कुहिएर नष्ट भैरहेको छ । उत्पादित तरकारी खेत बारिमै कुहिदा किसानहरु चिन्तित भएका छन । यस्तै समस्या उदाहरणका रुपमा तुलसिपुरउपमहानगरपालिका-३ गहते स्थित एक कृषक भद्र बहादुर के.सि ले उत्पादन गरेका टमाटर, काक्रा लगाएतका तरकारिहरु खेत बारिमै कुहिदा मर्कामा परेको केसिले बताउनु भएको छ । त्यस्तै दैनिक रुपमा ४,५ क्विन्टल तरकारिहरु कुहिएर नष्ट भैरहेको दियालो अनलाइनलाई जानकारी दिनु भएको छ । यस्तो समस्या समाधान गर्नको लागि सम्बन्धित निकाएले स्वास्थ मापदण्डको पालना गर्दै तरकारी बिक्री बितरण गरि आय आर्जन गर्न सहजिकरण गरिदिए हुनेथियो, अगुवा कृषक तथा हरित स्वयंसेवक भद्र बहादुर केसिले भताउनु भयो । नेपालमा उत्पादित तरकारी कुहिने र भारत बाट आयात तरकारिले बाजार भाउ पाउने स्थिती भएकोले हामी जस्ता नेपाली किसानहरु झनै मर्का परेको अर्का किसान बम बहादुर मल्लले बताउनु भएको छ ।