Thu. Mar 27th, 2025

कार्तिक ३, उमा पौडेल । (गरीबकाे दशैँ )
दशैँ आयो तिहार अायाे गरीबलाई पीर
घरमा खाने केही छैन कस्ले दिन्छ ऋण
छाेराछाेरी नयाँ नानाचाचा चाहियाे भन्छन्
साथीसँग भेला भई दुःख पाेख्दै रुन्छन्

समस्या छ साँझ बिहान हात मुख जाेड्न
कयाैँ युवा बाध्य भए जन्म भुमी छाेड्न
बर्ष दिनमा अाउने चाड मनाउनुनै पर्ने
गरीबसँग खै केही हुन्न कसाे गरी टार्ने

कतिकाे घर सुनसान छाेरा-छाेरी बिदेश
काेही खुशी काेही दु:खी कस्ताे परिवेश
बराबर हुन्न रहिछ याे प्रकृतिकाे नियम
खै कसरी याे जिन्दगी गरीबीले जीउन

जमाना कस्ताे अायाे हाेडबाजीमा चल्छ
साेच्दासाेच्दै कहिलेकाहीँ नवनारी गल्छ
करेन्टबत्ती झलमल धनीहरुकाे घरमा
गरीबकाे रात टर्छ धिपधिप बत्ती भरमा

कहाली लाग्दाे हुन्छ यहाँ गरीबीकाे कथा
कस्ले बुझीदिन्छ यहाँ दु:खीहरुकाे ब्यथा
जस्ताे छ अा-अाफुसँग हासाै रमाउ उस्मै
जसाेतसाे मनाउ मीली यसपालीकाे दशैँ
उमा पाैडल ( रेखा )
ईलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *