
दाङ ८ असाेज/ कमल कडेल
लमही घाेराही सडक खण्ड स्थित कुलमाेहर देखि करिब दुई किलोमिटर अगाडि स्कारपियाे खाेलामा खसेकाे छ । विहिवार सल्यानका पत्रकार सवार बा २ च ९५३१ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको छ । लमही नगरपालिका वडा नम्बर ६ अन्तरगत कुलमोहर देखि पाँचसय मिटर उत्तर तर्फ सीता भरार भन्ने स्थानमा सडक बाट झन्डै पचाँस मिटर तल स्कारपियाे खसेको छ ।
दुर्घटनामा सल्यान स्थित रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर २ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर गाउँपालिका कै तुलाराम परियार, त्यस्तै लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रका बहिनी वर्ष १५ वर्षिया नोखी केसी, तुलसिपुर उपमहानगर पालिका वडा नम्बर ५ का प्रकाश ओलि, सल्यान छत्रेस्वरी गाउँपालिका वड नम्बर ३ का चालक सन्तोष बुढाथोकी रहेका छन् ।
अहिले घाइतेहरु दुई जनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट सल्यान फर्किने क्रममा दुर्घटना मा परेको हो । दुर्घटनामा तुल्सिपुर उपमहानगर पालिका वडा नम्बर ५ निवासी प्रकाश ओलिलाई टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ । घाइते पत्रकार खगेन्द्र केसीका अनुशार आफुहरु सवार गाडीको गति अत्याधिक तिब्र भएको, घुम्ती भएको, विपरित दिशा बाट मोटरसाइकल आइरहेको र मोटरसाइकललाई बचाउने क्रममा ड्राइभरले नियन्त्रण गुमाउदा गाडी खोलामा खसेको हो ।।