चलचित्र, टेलिसिरियल का अभिनेता तथा मोडल शितल केसि ले सास्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० मार्फत “गोठालो” सिरियल (सर्वोत्कृष्ट अभिनेता) बिधा बाट अवार्ड जित्न सफल भएका छन।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ६ नरपानी मा जन्मिएका शितल केसि २०६० सालमा क्याम्पस पढ्न राजधानी आएका थिए झट्ट हेर्दा महानायक राजेश हमाल जस्तो देखिने उनी अभिनय क्षेत्रमा रुचि भएकै कारण अभिनयमा आउन उनलाइ खासै समस्या भएन केसि ले ठूलो पर्दा देखि लिएर विभिन्न टेलिसिरियल तथा मोडलिङ्ग क्षेत्रमा एक क्षत्र राज गरेका थिए। ३ दर्जन भन्दा बढी ठुलो पर्दा को चलचित्र, ५०० भन्दा बढी म्युजिक भिडियो, र ३ दर्जन भन्दा बढी सिरियलमा अभिनय गरेका छन। विभिन्न मेला महत्सब हरु मा आफ्नो प्रस्तुती लिएर पश्चिम र सुदुरपश्चिम का धेरै जिल्ला हरुमा पुगेका छन भन्छन पश्चिम र सुदुरपश्चिमी जिल्ला हरु मेरो प्रीय ठाउँ हुन म प्रकृति प्रेमी पनि हु। करिब दुई दशक भन्दा बढी अभिनय क्षेत्रमा काम गर्दा बिभीन्न अवार्ड तथा श्रठा सम्मान कार्यक्रम हरु बाट दशक सम्मान बाट सम्मानित भएको थिए तर यस्पाली चाइ अलि फरक भयो प्रतिस्पर्धामा मैले अवार्ड जित्ने अवसर पाएको छु । उपमा सञ्चार प्रा.लि ले आयोजना गरेको सास्कृतिक राष्ट्रिय म्युजिक अवार्ड मार्फत सर्वोत्कृष्ट अभिनय बिधा बाट (सिरियल गोठालो) मा अवार्ड बिजेता भएको छु मलाई यो पुरस्कार को लागि योग्य ठानी यो स्थान दिनु भएको मा निर्णायक ज्यु र कार्यक्रम का सभापति आशा गौतम प्रती विशेष आभारी छु। यस्ता अवार्ड र सम्मान ले अझै काम गर्नलाई उर्जा सहित जिम्मेवारी थपिएको महशुस भएको छ।आसा छ आउँदा दिन हरु मा अझै यस्तै सम्मान तथा साथ सपोर्ट पाइरहने छु र फेरि पनि मेरा भगवान रुपि दर्शक महानुभाब हरु मलाई यो स्थान सम्म पुर्याउनु हुने सम्पुर्ण संघ सस्था हरु मेरा अग्रज ज्यु हरु तथा समकालीन मित्रजन हरु लगायत सम्पुर्ण प्रती विशेष धन्यवाद दिए।
कार्यक्रम २०८०/०९/०८ गते काठमाण्डौ स्थित चलचित्र बिकास बोर्ड को सभा हल मा प्रमुख अतिथि संघिय सांसद राष्ट्रिय सभा-अध्यक्ष सम्माननिय ज्यु गणेश तिमल्सिना को प्रमुख आतिथ्यतामा भएको थियो सम्माननिय ज्यु ले कलाकार हरु देश को गहना मात्रै होइनन विशेष अंग पनि हुन कलाकार हरु लाई राज्य ले संरक्षण गर्नु पर्ने बताउनु भयो त्यसैले दशक सम्मान तथा अवार्ड कार्यक्रम हरु गरेर कलाकार लाई हौसला र उर्जा थपिने हुनाले यस्ता कार्यक्रम हरु गर्न महत्त्वपूर्ण भएको बताउदै कार्यक्रम गर्ने सस्था र कार्यक्रम का सभापति आशा गौतम ज्यु लाई धन्यवाद साथै आगामी दिन हरु मा अझै यस्तै कार्यक्रम हरु का लागि शुभकामना दिनु भएको थियो।
कार्यक्रम लाई प्रभावकारी बनाउन का निम्ति बिशिस्ट अतिथि मा शशस्त्र प्रहरी बलका ए.आइ.जि चन्द्रप्रकाश गौतम, जुरि निर्णायक मा इन्द्र जि.सि, र कार्यक्रम संचालन सुवास महत ले गर्नु भएको थियो स्वागत मन्तव्य हुम गैरे ले गर्नु भएको थियो शुभकामना मन्तव्य अमृत खाती ले गर्नु भएको थियो सस्था र कार्यक्रम सभापति ज्यु लाई एक शाहसी र निडर महिला को रुपमा प्रसंसा गरिएको थियो र कार्यक्रम उध्घोषकको भुमिका राजा राजेन्द्र ले गर्नु भएको थियो अतिथि कलाकार का रुपमा बहुचर्चित गायक सर्जक तथा विभिन्न संघ सस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्थिति थियो दशक कलाकार / पत्रकार सम्मान मा बरिस्ठ श्रष्ठा हरु मौलिक गित संगीत का बाद्शाहा खड्ग गर्बुजा, लोक स्वर सम्राट राजु परियार, बरिस्ठ गायक बिष्णु खत्री, बरिस्ठ सर्जक कस्तुप पन्त,बरिस्ठ संगीतकार बि.बि अनुरागी, गायक/सर्जक राजु ढकाल, तामाङ चलचित्र निर्देशक बिनायक तामाङ, गायक, सर्जक, निर्देशक तथा कार्यक्रम संयोजक हुम बाहादुर गैरे, चर्चित गायक खुमन अधिकारी, बरिस्ठ पत्रकार जीवन पराजुली, अनिल आघात, प्रकाश बराइली अभिव्यक्ति, बिक्रम शुनार सम्मानित हुनु भएको थियो कार्यक्रम प्रशम्सनिय थियो उपस्थित सम्पुर्ण ब्याक्तित्व हरु ले यस्तो बिशाल कार्यक्रम सम्पन्न गर्न सफल कार्यक्रम का सभापति आशा गौतम ज्यु लाई बधाई तथा आगामी कार्यक्रम का लागि शुभकामना दिए।