
दाङ, असोज २३ ।
चाडपर्वको अबसरमा समाजमा घट्न सक्ने घटना नियन्त्रणको लागि तुल्सिपुर वडा न ५ को स्वर्गद्वारी टोल र बुद्ध नगर टोलले तुल्सिपुर ईलाका प्रहरी कार्यलय इन्चार्ज शिव बहादुर सिंहसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।
आफ्नो गाउँ आफै बनाउ भन्ने मुल उदेश्यका साथ गरियको कार्यक्रमको सभापतिमा तुल्सिपुर उपमहानगरपालिकाका ५ नम्बर वडा सदस्य अजय बुढाथोकी ,प्रमुख अथिती इ.प्र.का तुल्सिपुर इन्चार्ज शिव बहादुर सिंह रहनु भयको थियो भने कार्यक्रम को सहजीकरण स्वर्गद्वारी टोलका अध्यक्ष दिपक वलि ले गर्नु भयको थियो । उक्त कार्यक्रममा प्रहरी इन्चार्ज ले समाजको शान्ति सुरक्षा कायम गर्न हरेक नागरिक जिम्मेवारि हुन र प्रहरी लाई साथ दिन अपिल गर्नु भयो ।