भाद्र १७ ,उमा पाैडेल(रेखा)। ईलाम सुर्यदय नगरपालिकाका चिया किसानीहरु चियाकाे उचित मुल्य नपाएकाे भन्दै आन्दाेलित बनेका छन् ।स्थानियतहले ताेकाेकाे मूल्य समेत नपाएकाे भन्दै संघर्ष समितीनै बनाएर किसानहरु आन्दाेलनमा उत्रिएका हुन् ।साेमबार जिल्ला प्रशासन कार्यालय पुगेर यस अघि गरिएका सम्झौता लागू गराउन अनुराेध गर्दै जिल्ला प्रशासन कार्यलयलाई लिखित मागपत्र समेत पेस गरेका छन।यस अघि सुर्यदय नगरपालिकाले चिया उद्योगी र किसान बीच छलफल पछि गएकाे बर्षनै न्युनतम चिया प्रति किलाे ४० रुपया निर्धारण गरिएकाे थियाे।एक किलाे चिया उत्पादनमानै 37.50 रुपाया खर्च हुने बताएका छन। रकम घटाएर २०-३० रुपैया मात्र उद्योगले उपलब्ध गराउने भए पछि किसानहरु आन्दाेलनमा उत्रिन परेकाे सुर्यदय नगरपालिका चिया संघर्ष समितिले जनाएकाे छ ।