बैशाख १६, तुल्सिपुर-दाङ । श्री जनश्रम प्राथमिक बिधालय तुल्सिपुर-५ गैरापातुको बिधालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन सम्पन्न भएको छ। तुल्सिपुर उपमहानगरपालिका वडा न. ५ का अध्यक्ष बिरेन्द्र शाहको अध्यक्षतामा समिति गठन गरिएको हो।
उपस्थित भेलाले बिधालय ब्यबस्थापन समितिको अध्यक्षमा उमलाल बुढाथोकीलाइ चयन गरेको छ भने सदस्यहरुमा रामचन्द्र गौतम, सुजाता परियार , दिपक वलि, पार्वती बिक र सिता खत्रीलाइ चयन गरिएको छ। यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा पबित्रा मल्ल सदस्यहरुमा भेषकुमारी बस्नेत, सेजिना परियार,दुर्गा सुनार, शान्ति वलि, सरिता बुढाथोकी, प्रेम नेपाली र पबित्रा केसिलाइ चयन गरिएको छ। निर्वाचित अध्यक्ष तथा सदस्यहरुले सहकार्य गर्दै बिधालयको स्तरलाइ माथी उठाउने प्रतिबद्धता गर्नुभएको छ।