Fri. Jan 24th, 2025

गोकुल देवकोटा मंसिर १,दाङ । नेपाली काङ्ग्रेसका युवा नेता बि.पि बिचारका केन्द्रीय प्रतिनिधि तथा नेपाल तरूण दलका कर्णाली प्रदेश सदस्य युवा व्यापारी रिद्दि सिद्दि सुनचाँदी गहना पसलका संचालन समाजसेवि प्रेम वलिले आफ्नो जन्म दिनको अवसर पारी तुलसीपुरमा रहेको मानव सेवा आश्रममा गएर भोजन , लत्ता कपडा सहित नगद सहयोग हस्तान्तरण गर्नु भएको छ ।
उहाले दियालो अनलाइन डटकम संग कुरा गर्दै भन्नू भयो मैले त्यति मात्र नभई भोलि का दिन हरूमा पनि आफुले सकेको जति मानव सेवा आश्रममा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गरिराख्ने बताउनु भएको छ । मेरो जन्मदिन आज परेको हुदा मलाई कुनै पनि विभिन्न किसिमका पाटि गरेर दुनियाँलाई खुवाउनु भन्दा मानव सेवा आश्रममा गएर मैले सकेको जति सहयोग गरि आफ्नो जन्मदिन अलि फरक तरिकाले मनाउन आश्रममा आएको पनि बताउनु भएको हो ।
उहाले बिगत का दिनहरूमा अझ त कोरोना महामारिमा को समयमा पनि मानव सेवा आश्रममा ठुलो योगदान पुर्‍याउनु भएको भन्दै मानव सेवा आश्रमले पनि उहालाई ठुलो सम्मान गरेको थियो । र उहाँले आफुलाई समान गरेकोमा मानव सेवा आश्रम लगायत आफुलाई भेटेर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सामाजिक संजाल फेसबुक भाइबर लगायत विभिन्न माध्यम बाट जन्म दिनको शुभकामना दिने सम्पुर्ण लाई विशेष धन्यवाद दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *