Tue. Feb 27th, 2024

जन्मदिन मनाउन दीक्षा पुगिन विपन्नको घरमा,जस्तापाता सहयोग

Bydipak oli

२०७८ असार १६, बुधबार १४:२२ गते २०७८ असार १६, बुधबार १४:२२ गते २०७८ असार १६, बुधबार १४:२२ गते


हेमन्त वली असार-१६,दाङ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.५ निवासी दीक्षा केसिले आफ्नो २०औ जन्मदिनको अबसरमा विपन्न परिवारको घर निर्माणमा जस्तापाता सहयोग गर्नुभएको छ।
वुवा सोमराज केसि आमा उपासना केसि कि छोरी दीक्षा केसिले १९ औ बर्ष पार गरि २० औ बर्ष प्रवेशको अबसरमा जस्तापाता सहयोग गर्नुभएको हो।
नेपाल कम्युनिस्ट पार्टी दाङ द्वारा निर्माणाधीन शान्तिनगर गाउपालिका-३ अधेरे निवासी अति विपन्न दल वहादुर कुमाल परिवारको घर निर्माणमा पच्चीस हजार बराबरको जस्तापाता सहयोग गर्नुभएको हो।
आज एक कार्यक्रमका बिच जस्तापाता हस्तान्तरण गरिएको हो।
जस्तापाता हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी तथा युवा संगठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्रले जन्मदिन मनाउने नाममा अनावश्यक खर्च गर्नु उचित नहुने धारणा व्यक्त गरे। उनले अति विपन्न परिवारलाई सहयोग गरेर जन्मदिन मनाउने बहिनी दिक्षाको खुलेर प्रशंसा गरे।उनले भने,” अनावश्यक खर्चिलो,भड्किलो ढंगले जन्मदिन मनाउनु भन्दा गरिव,असहाय,निमुखा जनतालाइ सहयोग गरेर जन्मदिनको मनाउनुको महत्व रहन्छ”। क्रान्तिकारी संस्कृति निर्माणमा सचेत युवाहरुले महत्वपूर्ण भुमिका रहेको भन्दै परम्परागत,रुढीबादी,बुर्जुवा चिन्तन संस्कृतिलाई खारेज र निस्तेज गर्नुपर्नेमा प्रमुख अतिथी बिरेन्द्रको जोड थियो।
कार्यक्रममा अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर,अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङका अध्यक्ष बिबेक,जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्तको आतिथ्य रहेको थियो।कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङका इन्चार्ज मनोजले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *