आज हजुर को जन्मदिन धेरै धेरै शुभकामना गुरुआमा !,,
विशेष गरि ति बुवा अनि ममिलाई हार्दिक नमन तथा धेरै सम्झन्छु जसले आफ्नो एक छोरीलाई मात्र होईन आफ्नो एक सन्तान लाई मात्र होईन हामी जस्ता हजारौं विद्यार्थी हरुको एक गुरुआमा लाई जन्म दिनु भयो !,,
हजुर को बारेमा लेखेर सक्छु अनि लेख्न लाई शब्दकोषमा सबै शब्द भेट्न सक्छु भनेत म कल्पना नै गर्न सक्दिन गुरुआमा ! किनकि एउटा लेख्दा अर्को शब्दले म छुटे भन्छ यहाँ !,,, म गाउँमै जन्मिएर गाउँमै हुरकिएको मान्छे त्यो सहरमा गएर केहि गर्नु पर्छ भने सपना बोकेर गाउँ छोडी सहर पसे ! म सहर पस्ने बेला सम्म मलाई थाहा थिएन आफ्नो मिहिनेत र कर्ममा विश्वास गर्नु पर्छ भन्ने जुन हजुर बाट सिकेको छु । जब गाउँ छोरे मैले गाउँ मात्र छोरिन बुवा ममिको काख छोरे बचपनका साथी हरुको साथ छोरे अनि ती पाखा पखेरा हरुको याद छोर्दै छोर्दै सहर पसे ! तर कोहि थिएनन् आफ्नो यहाँ !
मैले फेरि आफ्नो पढाई अगाडि बढाउनका लागि कलेज जान्ने गरे तर मेरो जिबन खाली कापीका पाना जस्तो थियो । त्यहीँ जिबनका खाली पाना भर्न त्यहीँ स्कुल पुगे जहाँ हजुर हुनुहुँदोरहेछ गुरुआमा ! यो सहर त अनपरिचित नै थियो तर कलेजमा पनि सबै अनपरिचीत नै थिए कोहि पनि थिएनन् आफुले चिनेका मलाई अलि अलि याद छ गुरुआमा त्यो दिनको । एक दिन दुई दिन हुदै समय चल्दै गयो समय संग संगै हामी पनि चल्दै गयौं !,, यस्तै गर्दै पढाईको ११ बर्ष र आफ्नो जिबन को १७ औं बर्ष पार भैसकेको थियोे तर म अझै हजुर संग अनपरिचित नै थिए गुरुआमा ! जब आफ्नो पढाइले १२ औं बर्षमा प्रवेश गर्यो फेरि हाम्रो कलेज लाग्न सुरु गर्यो अल्लि अल्लि केहि साथीहरु संग र केहि सर म्याम हरु संग परिचीत भैसकेको थिए तर विडम्बना हरु सँग अझै अनपरिचीत नै थिए गुरुआमा किनकि म ११ कलास पढ्दा सम्म हजुरको विद्यार्थी हुन सकेको थिएन !!,,
१२ कलास सुरुभएको केहि समय पछि कात्तिकको लास्ट हप्ता देखी म कलेज जान सुरु गरे ! म ११ कलासमा त्यति धेरै कलेज जाँदै न थिए त्यहीँ भएर मलाई धेरै साथीहरुले चिन्दैन थिए पनि । म सधै लास्ट बेन्चमा बस्थे हरेक सर म्याम हरुलाई जो नराम्रो विद्यार्थी छ त्यो पछाडि बस्छ । भन्ने लाग्छ रे तर पनि म कहिल अगाडि बस्ने सोच्नै गरेन कति नलायक विद्यार्थी थिए होला है गुरुआमा म !,, त्यही दिनपनी साथी हरु अल्लि कम थिए कलासमा तर पनि म एक्लै लास्ट बेन्चमा बसेको थिए हजुरको घण्टी थियोे हजुरले आफ्नो घण्टीको मध्यभाग तिर हामी लाई लेख्न दिनु भएको थियोे लेखी रहेको थिए लास्य बेन्चमा बसेर । हजुर लास्ट बेन्चमा आएर मलाई बाबु के हो तिम्रो नाम किन एक्लै लास्ट बेन्चमा बसेको भनेर सोध्नुभयो म अकमकाउदै हजुर लाई केहि उत्रर दिने प्रयास गरे …!
यस्तै समय चल्दै गयो आफ्नो उमेर उकाली चर्दै त आयु ओरालो झर्दै गर्यो यहीँ बीचमा कोरोना को कारण १ बर्ष भरी पनि संगै बसेर पढ्न पाएनौं तर पनि हजुरले अन्लाईन क्लास पढाउनु हुन्थ्यो हजुर ले सधै पठाको लिंक त देख्थे तर जोहिन कहिलै हुदैनथ्यो त्यति बेला हजुर लाई लाग्थ्यो होला कस्ता विद्यार्थी रहेछन् मेरा भन्ने !,, म रहरले भन्दानी बाध्यताले जोहिन हुन पाउदैन थिए र कहिलै जोहिन पनि भैन हजुरको मा मात्र होइन कुनै पनि सर हरुको अनलाइन कलासमा जोइन हुन सकिन । अब फेरि हजुरकै विद्यार्थी हुम्ला हजुर संगै कलासमा पढ्छु होला भन्ने पनि कल्पना गर्दै किनकि समय जति ठुलो केहि हुदो रहेनछ गुरुआमा यहाँ समय संगै चल्न पर्दोरहेछ । हजुरले दिएको शिक्षा कति जिबनमा उतार्छु थाहा छैन तर हजुरले जिबन जिउनका लागी दिएको शिक्षा जिबनका हरेक यात्रा हरुमा मेरा हरेक पाइला पाइलामा संगै लिएर हिड्ने छु ।
म अलि धेरै बोल्ने गर्थे एक दिनको याद छ म्याम साथी हरुले बेन्चले खुट्टा कुचल्दिए अनि म बोले हजुर ले भन्नू भयो इनि आको दिन धेरै हल्ला हुन्छ ।…यस्तै गर्दै क्लास चलदै गयो सधै स्कुल नछुटाउने हजुर नै हुनु हुन्थ्यो म्याम। अनि एक दिन सरले कपाल काट्दिनु भयो हामी रिसाएर भाहिर गहिउ हजुर क्लास मै हुनु हुन्छ भने थाहा नै भएन रिसले अनि अफिस म गएर बिष्णु म्याम ले सम्जाएर फेरि क्लासमा आहिउ हजुर हाम्रै बारेमा साथि हरु संग बोली रहनु भएको थियो हामी आएर पनि फेरि हाम्रै बारेमा मै बोलिउ अनि हजुर बोल्दै गर्दा हजुरले हामिलाई सम्झाउदै गर्दा हजुरका हरेक सब्द ले मन छुयो हजुर ले पुरै घण्टी भरी हामिलाई सम्झाई रहनु भयो तर हामीले आफ्नै जिद्दी गर्दै गहिउ अनि हजुर क्लास सकेर जाँदै गर्दा मैले भनेको थिए सम्पुर्ण साथी हरुको बाट केही गल्ती भएको भए sorry म्याम भनेर,, हजुर खुसी हिर्दय का साथ हास्दै भनु भयो हैन बाबु म रिसाको छैन तिमी हरुसित कहिलै रिसाउदिन बाबू हजुरको यहि जभाब ले नै मलाई अझ बढी उत्साहित गरायो यहीँ जभाबले मलाइ म धेरै रिसाउने मान्छेलाई सहनशीलताको बाटो तिर अगाडि बढायो !,,❤️❤️
धेरै लेखिन गुरुआमा आज हजुरको बिशेष दिन केही हजुर ले हाम्रो लागी मेरो लागी गरेको अमुल्य समयको को गुण त कहिले तिर्न सकुलार तर केहि झल्को मात्र मेट्न खोजेको हु गुरुआमा । यति लेख्दै गर्दा केहि शब्द अशुद्ध भएको भए तल माथी भएको भय क्षमा प्राप्ति छु । हजुर लाई कहिलै मलाई पढाको म्याम भनेर सोच्दिन कहिलै त्यो नजरले हेर्दिन सधै मेरो गुरुआमाको रुपले हेर्ने छु गुरुआमा ..
फेरि हजुर लाई जन्म दिनको धेरै शुभकामना गुरुआम आज देखि हजुरको एक बर्षको आयु कम होईन यति भगवान मलाई केही रोज भन्नू हुन्छ भन्ने मैले मेरो हात जोडी प्राथना गर्दछु मेरो गुरुआमाको हरेक यात्रामा कहिलै बाधा नपुरा है बरु मेरो आयु कम गरा तर मेरो गुरुआमा को आयु अझ धेरै लामो गराइ दे..!🙏
हार्दिक नमंन🙏❤️मिठो माया धेरै सम्झना गुरुआमा❤️❤️