जन्म दिनको अवसरमा विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण
घाेराही उपमहानगरपालिका वडा नं ८ मर्पा निवासी सागर पण्डितले आफ्नो जन्म दिनको अवसर पारेर घाेराही उपमहानगरपालिका वडा नं ८ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्रामा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ । विद्यालयमा अध्ययनरत विपन्न वर्गका २० छात्रा छात्रहरूलाई कापी कलम र विद्यालयमा अतिरिक्त कार्यक्रम सञ्चालन गर्ने भनेर ब्याट्री चार्ज गर्न मिल्ने साउण्ड सिस्टम (डेग) समेत हस्तान्तरण गर्नुभएको छ । जन्म दिनको नाममा फजुल खर्च गर्नुभन्दा सामाजिक काममा सेवा गर्नु मेरो दायित्व हाे भन्दै विद्यार्थीहरूकाे माझमा बसेर केक काटेर जन्म दिन मनाउनु भएको थियोे । बुवा श्री प्रसाद पण्डित,आमा विमला पण्डित र दिदी साधना पण्डित समेतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियोे । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर थारू काे अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा ८ नं वडा अध्यक्ष जितेन्द्र शाह प्रमुख अतिथि,शिक्षक अभिभावक संघका अध्यक्ष श्रीधर घिमिरे वि व्य स सदस्य विमला जि सी,प्रधानाध्यापक मिनराज शर्मा,सम्पूर्ण शिक्षक स्टाफ र विद्यार्थी भाईबहिनीहरूकाे उपस्थिति रहेको थियोे । शिक्षक देवेन्द्र के सी काे सहजिकरणमा सञ्चालन गरिएको उक्त कार्यक्रमको समन्वय तथा आयोजना प्रधानाध्यापक श्री मिनराज शर्माले गर्नुभएको थियो । विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर शैक्षिक सामग्री हस्तान्तरण गरेकोमा हामी निकै हर्षित भएका छाैं भन्दै कक्षा ८ मा अध्ययनरत बाल क्लबकी अध्यक्ष साेनिया के सी ले खुसी व्यक्त गरिन ।