Mon. Dec 2nd, 2024

२३भदौ। सरकारले जमिनको कित्ताकाट फुुकुवा गरेको छ। भूउपयोग ऐन २०७६ जारी भइसकेको, नियमावली अन्तिम चरणमा रहेको र स्थानीय तहले भूउपयोग नक्सा तयार गरिरहेकाले कित्ताकाट खोल्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ।

कित्ताकाट रोकिरहँदा ‘चोर बाटो’ बाट कारोबार हुन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरी खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णय बदर गरी ऐननियमअनुसार कित्ताकाट गर्न भनेको हो। खेतीयोग्य जमिन खण्डीकरण भएपछि मन्त्रालयले विभिन्न समयमा निर्देशन तथा मापदण्ड जारी गर्दै जग्गा कित्ताकाटमा रोक लगाएको थियो।

भूउपयोग ऐनअनुसार स्थानीय तहले जग्गा वर्गीकरण गरेर नक्सांकन गरेकाले कित्ताकाट खोल्ने निर्णय भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताए। ‘ऐन जारी भएर नियमावली पनि अन्तिम चरणमा छ,’ उपाध्यायले भने, ‘कित्ताकाट नखोल्दा झन् विकृत्ति झांगिन सक्ने देखिएपछि खोल्ने निर्णय भएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *