रुकुम ४असोज, दिपक वली। जि पि कोइराला अध्यन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा नेपाल विद्यार्थी संघ रुकुमका सहसचिव नबराज ओलिलाई मनोनीत गरिएको छ। जि पि कोइरालाको समाजबादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा गिरिजाप्रसाद कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको बारेमा साथै नेपाली समुदायलाई समुन्नत बाटोमा लैजानका निमित्त गठन भएको जि पि कोइराला अध्यन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा ओलिलाई जिम्मेवारी सुम्पिएको हो।
प्रजातन्त्रको बिकास र बिस्तारका लागि सम्पुर्णलाई एक भएर अगाडि बढ्न ओलिले आग्रह गर्नुभएको छ। नब निर्बाचित अध्यक्ष नबराज ओलिले अबका दिनहरुमा सबैको सहयोगमा अध्यन केन्द्रले आफुलाई दिएको जिम्मेवारी पुर्ण रूपमा पालन गरि संस्थालाई अग्र पंक्तिमा उभ्याउनले बताएका छन् । जि पि कोइराला अध्यनका केन्द्रीय अध्यक्ष राम प्रसाद अधिकारीले रुकुम पश्चिमको अध्यक्षको जिम्मेवारी ओलिलाई दिनुभएको हो। जि पि कोइरालाको बिचारलाई सम्प्रेषण गर्नका लागि नेपालका सबै जिल्लामा मञ्चको बिस्तार गरिदै छ।