Sat. May 18th, 2024

उमा पाैडेल (रेखा) भाद्र ३० । झपाकाे भद्रपुरबाट १० जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा घर धनी सुवास तामाङ्ग सहित भद्रपुर ४ का माधब राजबंशी , रमेश लिम्बू , अनिस लिम्बु भद्रपुर २ का कर्ण बहादुर तामाङ्ग , आङ्गराज दंगाल , आरा बहादुर तामाङ्ग भद्रपुर ६ का तारेण राजबंशी रहेका छन ।भद्रपुर १० पृथ्वीनगरमा हिजाे साँझ प्रहरीले सुवास तामाङ्गकाे घरमा छापा मार्दा जुवाकाे अखडाबाट रु ८४,५०० नगत सहित जुवाडेहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ परेकालाई आवश्यक कानुनी कारवाही प्रकृया शुरु गरिएकाे जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *