
भाद्र १७: उमा पौडेल ( रेखा ) । झापाकाे रतुवा माईमा बृक्षराेपण आयाेजनाकाे जंगल झिलझिले देखि करिब १ किलाे मिटर उत्तर सतासीधाम जाने बाटाेमा धारिलाे हतियार प्रयाेग गरि घाँटी छेदन गरेकाे अवस्थामा १ पुरुषकाे शब फेला परेकाेछ ।उत्त सब शिबसतासी नगरपालिका वाड न. ११बस्ने २९ बर्षिय गाेमनसिङ भनिने गाेबिन मगरकाे रहेकाे पुष्टि भएकाेछ।हिजाे साझ देखि हराएका मगरकाे शब अाज बिहान १०:०० बजेतिर फेला परेकाे हाे।घटना स्थल देखि १०० मिटर उत्तर दुरीमा एउटा माेटरसाईल पनि फेला परेकाेछ ।उत्त माेटरसाईकलमा गाेबिनलाई ल्याएर हत्या गरेकाे हुन सक्ने अासंका गरिएकाेछ ।नेपाल प्रहरीकाे तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाे छ।