Sun. Feb 9th, 2025

उमा पाैडेल ( रेखा) भाद्र ३१। झापा क्षेत्र न.५ मा परालकाे छाना विस्थापित गरि टिनकाे छाना लगाउने अभियान शुरु गरिएकाे छ । सरकारले झापामा परालकाे छाना हटाईने अभियान अन्तरगत रु १ अर्ब ३६ कराेड ५० लाख बजेट बिन्याेजित गरेकाे छ । बिपन्न नागरिकलाई लक्षित गरि नागरिक सुरक्षा आबास कार्यक्रम , जनता अाबास कार्यक्रम र बिपन्न बर्ग अाबास कार्यक्रम सञ्चालन भएका छन । संंचालित कार्यक्रम मध्ये २७३० परिवारकाे लागि परालकाे छाना हटाएर टिनकाे छाना लगाउने भएकाेछ । दमक नगरपालिकामा ६१६ परिवार , गाैरादहमा ६६३ परिवार , कमल गाउपालिकामा ८३० परिवार र गाैरीगञ्ज गाउपालिका ६२७ बिपन्न परिवारकाे लागि प्रति परिवार ५०,००० का दरले रकम उपलब्ध गराउने भएकाेछ । घर नभएका बिपन्न नागरिककाे लागि घर बनाउन दिने कार्यक्रम अन्तरगत जनता अाबास कार्यक्रम मार्फत १२० वटा घर निर्माण गरिने भएकाेछ । एक घर निर्माणका लागि ३,५०,००० प्रदान गरिने र बाकी अपुग रकम स्थानियतह, घरधनी र जनश्रमदान गर्नु पर्ने भएकाे छ । दमक र गाैरादहमा ३२ /३२ वटा र गाैरीगञ्ज र कमल गाउपालिकामा २८/२८ घर निमार्ण हुने भएकाेछ । यसकाे रु ४२ कराेड खर्च हुने बताईएकाे छ । साम्सद पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गाैरीगञ्जमा १३ वटा नमुना घर निर्माण हुने भएकाे छ । अाबास अायाेजना अन्तरगत तराई मधेस समृद्ध कार्यक्रम मार्फत पनि गाैरीगञ्ज गाैरादह नगरपालिकामा विभिन्न नागरिककाे लागि घर निर्माण गर्ने जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *