Fri. Mar 28th, 2025

४असोज उमा पाैडेल (रेखा)। झारफुक गरेर लामाे समय सन्तान नभएकालाई सन्तान बनाई दिन्छु भन्दै बिबाहीत महिला माथि बलत्कार गर्न खाेज्ने बिराटनगर १८ बाट ३५ बर्षीय बैधराम झाक्री पक्राउ परेकाछन ।

बिहे गरेकाे ६ बर्ष सम्म पनि सन्तानकाे जन्म नभए पछि निरासीएका दम्पति धामी झाक्रीकाे काम गर्दै अाईरहेका रामकाे घर गएका थिए । महिलालाई फुकफाक गरि ठिक गरिदिन्छु भन्दै झाक्रीले अाफ्नाे पुजा गर्ने काेठामा लगेर बलत्कारकाे प्रयास गरेका थिए । एक लिटर दुधमा खिर पकाएर श्रीमानलाई खिर खान दिई बाहिर पठाई महिलालाई चाहिँ विभिन्न चिजबीज मिसाई खिर खान दिई अालस तालस बनाई अचेत बनाएर कपडा खाेली बलत्कार गर्न प्रयास गर्दै गर्दा श्रीमानले देखे पछि छरछिमेकलाई बाेलाएका थिए ।

पिडितकाे दिएको जाहेरीको अाधारमा धामी झाक्री गर्दै अाएका बैधरामलाई पक्राउ गरि जवरजस्ती करणीकाे प्रयासकाे मुद्दा चलाउन शुक्रबार म्याद थपगरि अनुसन्धानकाे प्रक्रिया अगाडि बढाएकाे जिल्ला प्रहरी कार्यलय माेरङले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *