Sat. May 18th, 2024

असोज,३ तुल्सिपुर/ याम प्रसाद पाण्डे तुल्सिपुर उपमहानगरपालिका वडा न .३ दमारगाउ स्थित टाइगर युवा क्लबले आज संविधान दिबसको अबसर पारी विभिन्न धार्मिक एबम सार्बजनिक स्थलहरुमा सरसफाइ कार्यक्रम सप्पन्न गरेको छ।

तुल्सिपुर उपमहानगरपालिका वडा न .३ दमारगाउ स्थित रहेका मन्दिर,गुम्बा लगायतका धार्मिक स्थलहरुमा सरसफाइ गरिएको हो। उक्त कार्यक्रम तुल्सिपुर वडा न .३का वडा अध्यक्ष वीर बहादुर बि.क को प्रमुख आथित्यमा सम्पन्न भएको हो।

कार्यक्रममा वडा न .३ का वडा सदस्य छवि खरेल, टाइगर युवा क्लबका सदस्यहरु,आहा तुल्सिपुर अभियानका सदस्य बिशेस खड्का लागायतका ब्याक्तित्वहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *