![](https://diyaloonline.com/wp-content/uploads/2020/11/pm_oli_on_tiktok_ryULTyKfKe-768x364.jpg)
मङ्सिर १५।
प्रधानमन्त्री केपी शर्मा ओलीले लाेकप्रिय भिडियाे शेयरिङ एप ‘टिकटक’ मा खाता खाेल्नुभएकाे छ । प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँकाे खाता ‘भेरिफाइड’ समेत भइसकेकाे छ ।
उहाँले टिकटकमा राख्नुभएकाे भिडियाेलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्याे भिडियाेलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएकाे छ ।