दाङ,२० माघ
दाङमा ८ जना जुवाडे पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका-५ मा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
खिलतपुरबाट खटिएको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका बैशाका स्थानीय निराजन मल्लको घरमा तास खेलिरहेका स्थानीय ३२ वर्षीय वीरबहादुर रावत लगायत ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा खेलीरहेको अवस्थामा शान्तिनगर-७ का ४० वर्षिय प्रमोदकुमार खड्का, सोहि ठाउँका ३२ वर्षिय निराजन मल्ल, ४५ वर्षिय उत्तम डाँगी, ३२ वर्षिय रमेश रावत, बबई-४ का ४० वर्षिय बलिराम खत्रीलाई पक्राउ गरेको छ ।
यस्तै तुलसीपुर-९ का ३० वर्षिय राजेश कुमार बोहरा, तुलसीपुर-१० का ५८ वर्षिय धुब्र शाह,शान्तिनगर-५ का ३५ वर्षिय हजरत अलीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
पक्राउ परेकाबाट प्रहरीले नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ गड्डी तास समेत बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।