
दिपक वली १७भदौ,दाङ ।लकडाउनको उलंघन गरेको भन्दै प्रहरीले तुलसीपुरको बसपार्क क्षेत्रमा आज एक सय बढीलाई होल्डमा राखेर छाडिएको छ । बिहान पाँच बजेदेखि बजारमा हिडिरहेका १ सय ५० जनालाई करिब ५÷६ घन्टा होल्डमा राखेर पौने ११ बजे छाडिएको अस्थाई प्रहरी बिट बसपार्कका ईन्चार्ज सोमराज हमालले जानकारी दिनुभएको छ।
यसैगरी तुल्सिपुर बसपार्क क्षेत्रमा माक्स नलगाई हिडेका व्यक्तिहरुलाइ तुल्सिपुर उपमहानगरपालिका-५ का वडा सदस्य अजय बुढाथोकीले मास्क प्रदान गर्दै सुरक्षीत रुपमा हिड्न सुझाव दिनुभएको छ।