
लालमती भण्डारी १७भदौ,दाङ ।लकडाउनको उलंघन गरेको भन्दै प्रहरीले तुलसीपुरको बिरेन्द्र चोकमा आज एक सय बढीलाई होल्डमा राखेर छाडिएको छ । बिहान पाँच बजेदेखि बजारमा हिडिरहेका १ सय बढीलाई करिब ५÷६ घन्टा होल्डमा राखेर पौने ११ बजे छाडिएको ईलाका प्रहरी कार्यालय तुल्सिपुरका सहि भिमबहादुर केसीले जानकारी दिनुभएको छ। धेरै मानिसहरु अत्यावश्यक भन्दा पनी ब्यक्तिगत कामका लागी हिडेका कारण रोकेर होल्ड राखीएको केसिले बताए । दाङमा कोरोना संक्रमण समुदाय स्तरमा देखिन थाले पछी लक डाउनलाइ कडाइसाथ लागू गरिएको छ।