Wed. Apr 23rd, 2025

विशाल परियार
चैत ९, २०८१
तुलसीपुरमा श्रद्धाञ्जली सभा तथा राहत हस्तान्तरण कार्यक्रम सम्पन्न
प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको आयोजना र सयपत्री दोहोरी घरको सहकार्यमा दिवंगत गीता नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै राहत हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
शनिबार सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपाल तुलसीपुरका उपाध्यक्ष विशाल परियारको अध्यक्षता रहेको थियो। सयपत्री दोहोरी घरका सञ्चालक दीपक वली, प्रेस सेन्टर तुलसीपुर नगर सदस्य रमेश जैशी, तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ माअाेवादी केन्द्रका वडा कमिटी अध्यक्ष मेघराज के.सी, माअाेवादी केन्द्रका नगर सदस्य शोभाराम बस्नेत तथा मृतक गीता नेपालीका ससुरा संजय नेपाली विशेष अतिथि रहेका थिए।
१६ वर्षसम्म क्यान्सर रोगसँग संघर्ष गरेकी गीता नेपालीको आर्थिक अभावका कारण उपचार सम्भव नभई निधन भएको उनका ससुरा संजय नेपालीले बताएका छन्। उनले उपचारका क्रममा परिवारको सम्पत्ति प्रायः सकिएको र परिवार अहिले कठिन अवस्थामा रहेको जानकारी गराएका छन्।
कार्यक्रममा सयपत्री दोहोरी घरका सञ्चालक एवं निर्देशक दीपक वलीले मृतकका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, समाजमा कसैलाई दुःख–कष्ट परे जानकारी पाएसम्म आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता पनि दिए।
श्रद्धाञ्जली सभा कार्यक्रमका क्रममा पीडित परिवारलाई चामल, दाल, तेल, तरकारी लगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो। संस्थाका सदस्य रमेश जैशिकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको सहजीकरण संस्थाका सदस्य युवराज के.सी ले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *