Fri. Jul 19th, 2024

दाङ, १२ फागुन ।
तुलसीपुर ७ पर्सेनीको एक पसमामा आज बिहान आग्लागी भएको छ । पर्सेनी चोकमा पसल सञ्चालन गर्दै आएका सुमित्रा वलीको रिमा किराना पसलमा आज बिहान ३ः२० बजे आग्लागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

विद्युतको तार सर्ट भएर पसलमा आग्लागी भएको प्रहरीले जनाएको छ । ३ः२० देखि सुरु भएको आगो स्थानीयवासी, प्रहरी र तुलसीपुर उपमहानगरको दमकलले ३ः५० मा नियन्त्रण लिएको तुलसीपुर ७ का वडा सदस्य रामबहादुर जिसीले जानकारी दिनुभयो। आग्लागीबाट करिब १८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *