
२७भदौ। आज तुलसीपुरको विरेन्द्र चोकमा ट्राफिक प्रहरीले ५० भन्दा बढी सवारी साधनहरुलाइ कार्बाही गरेको छ।लकडाउनको जोर – बिजोर नियमको उल्लङ्घन गरेको भन्दै आज जोड नम्बरका सवारीसाधनहरु पक्राउमा परेका हुन्। सवारी साधनहरुलाई करिब २ घन्टा होल्डमा राखेर ११ बजे छोडिएको हो। कार्बाही धेरैजस्तो दुईपाङ्ग्रे सवारीका साधनहरु रहेका थिए । दाङमा स्वरुप परिवर्तन गरि लागु गरिएको लकडाउनमा बिहान ६ देखी १२ बजेसम्म मात्र जोर- बिजोर अनुसार दुई पाङ्ग्रे सवारी साधनहरु चलाउन पाउने नियम लागू गरिएको थियो।