
तुल्सिपुर १२ भदौ/कमल कडेल तुल्सिपुर उपमहानगपालिका ५ स्थित मिलकचोकमा माक्स नलगाई हिड्ने सर्वसाधारणहरुलाई तरुण दल वार्ड न.५ द्वारा माक्स वितरण गरिएको छ। तुल्सिपुर उपमहानगपालिका तरुण दल ५ का अध्यक्ष जिबि जि.एमको अध्यक्षतामा माक्स वितरण गरिएको हो भने उक्त कार्यक्रमको प्रमुख अथितीमा नेबि संघ रुकुम पश्चिम् जिल्ला कमिटी सदस्य तथा नेपालि काङ्ग्रेसका नेता नबराज वलि रहनु भयको थियो।अथितीहरुमा नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य पृती भण्डारी,विशाल सुनार र सन्तोष मल्ल लगायतका अन्य क्रियाशिल सदस्यहरुको सहभागीता रहेको थियो कार्यक्रमको सहजिकरण तरुण दल वार्ड न.५ का सह-सचीव केशब चन्दले गर्नु भयको थियो।